काठमाडौं । असोज २५ गतेसम्म पुरै काठमाडौं विकसित सहर जस्तै थियो । चारैतिर हरियाली, सफा सडक, राति झिलिमिली सहर थियो । तर उनी गएको एक सातामा हेर्दा काठमाडौं पुरानै शैलीको बनेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिनको स्वागतको लागि राखिएका फुलका गमला सम्बन्धित निकायले फिर्ता लगिसकेका छन् । सफा गरिएका सडकमा फेरि धुलो उड्न थालेको छ ।
अस्तिसम्म सडकमा अलि मात्र धुलो उड्दा पनि तुरुन्तै बु्रमर प्रयोग गर्दै आएको काठमाडौं महानगर यतिबेला पुरै आराम गरिरहेको छ । केहीदिन सफा, हरियाली देखिएको काठमाडौंले फेरि पुरानै गति लिन थालेको देखिन्छ ।
असोज २५ मा नेपालको राजकीय भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिको स्वागतको लागि काठमाडौं निकै सिगारिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि, तीनकुने, नयाँ बानेश्वर, माइतिघर हुँदै उनी बस्ने सोल्टी होटलसम्म पुरै सिंगारिएको थियो ।
ठाउँ ठाउँमा फुलका गमला राखिएका थिए । तर यतिबेला भने त्यो सबै हटाइएको छ । राखिएका गमला फुटाउन थालेपछि सम्बन्धित निकायले फिर्ता लगिसकेका छन् ।
बाहिरबाट देखावटी रुपमा चिटिक्क पारिएको तीनकुने पार्कमा रोपिएको दुबो त चोरि भयो । त्यहाँका विरुवा समेत चोरी भएका थिए । सजावटको संरक्षण गर्न नसकिने भएपछि सुरक्षाको लागि सुरक्षाकर्मी नै खटाइएको छ । थप हेर्नुहोस् तलको भिडियोमाः





























प्रतिक्रिया