मकवानपुरको थाहा नगरपालिकास्थित वडा नम्बर ५ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।
गएराती करिब साँढे ११ बजेतिर कार्यालयमा आगजनी भएको वडाध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कार्यालयको ढोका फुटाएर, पेट्रोल वा मट्टितेल छर्केर आगो लगाइएको हो । आगजनीबाट टेलिफोन, कम्प्युटर, टेबल कुर्सी, कागजपत्र सबै जलेको छ ।
ठूलो आवाजका साथ आगलागी भएपछि गाउँलेले थाहा पाएका थिए । स्थानीयले आगो निभाएर जन प्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिइन् । आगलागीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको उनले बताइन् । “कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ, केही पनि बाँकी छैन।” वाइबाले भनिन्।
घटनाको अनुसन्धान भइरहेको र अहिलेसम्म कुनै पनि तथ्य पत्ता नलागेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।































प्रतिक्रिया