चिनियाँ राष्ट्रपतिलाई राम्रो देखाउन काठमाडौं सिंगारिदै (फोटोफिचर)

चिनियाँ राष्ट्रपतिलाई राम्रो देखाउन काठमाडौं सिंगारिदै (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणको तयारी तीब्र पारिएको छ । कहिले नेपाल आइपुग्ने औपचारिक घोषणा नगरिए पनि सरकारले तयारी तीब्र पारेको हो ।

एकातिर परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालयले भ्रमणको तयारी थालेका छन् भने अर्कोतिर काठमाडौंबारे गलत म्यासेज नजाओस भन्दै पुर्वाधार मर्मत सम्भारको काम पनि भइरहेको छ ।

काठमाडौं आएका बेला राष्ट्रपति सी बस्ने होटल, आवतजावत गर्ने सडक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आदीमा रंगरोगन लगाउने कामदेखि सडक मर्मत सम्भार गर्ने सम्मको काम भइरहेको छ ।

एकातिर नेपालीहरूलाई दशैंको चटारो छ भने अर्कोतिर छिमेकी राष्ट्र चीनका राष्ट्र प्रमुखलाई स्वागत गर्न आतुर देखिएका छन् । काठमाडौंलाई यतिबेला कुनै एकदमै विकसित देशको शहर जस्तै बनाइदैंछ ।

सीको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ । काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । यहिबेला सरकारलाई मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत परेको छ ।

शनिबार फूलपातिको दिन नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काम भइरहेको छ । बेला बेलामा अन्तर्राष्ट्रिय पाहुनाहरु नेपाल भ्रमणमा आउँदा काठमाडौंलाई यसैगरी सिँगारेर चिटिक्क बनाउने गरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि काठमाडौंलाई यसरी नै सिगारिएको थियो ।

Logo