कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंबाट गणेशप्रसाद बस्याल, कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने रहेका छन्। "/>

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंबाट गणेशप्रसाद बस्याल, कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने रहेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले  भट्टको खातामा ४५ लाख रुपैयाँ पठाइएको पाइएको बताए । यस्तै, पर्वतबाट पक्राउ परेकी न्यौपानेको खातामा २८ लाख रुपैयाँ ट्रान्सफर भएको देखिएको छ ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ गरिसकेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी कृषि विकास बैंक प्रकरणको ह्याकिङमा संलग्न १२ जना पक्राउ परेका जानकारी दिएको थियो ।

बिहीबार मात्रै प्रहरीले स्याङ्जाबाट थप १ जनालाई पक्राउ गरेको थियो ।

कृषि विकास बैंक लाहान शाखाबाट कर्मचारीको पासवर्ड प्रयोग गरी चार करोड ७३ लाख रुपैयाँ विभिन्न व्यक्तिगत खातामा ट्रान्सफर भएको थियो ।

Logo