अब काठमाडौं आउने ठूला सवारी नारायणगढमै रोकिने

अब काठमाडौं आउने ठूला सवारी नारायणगढमै रोकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ । दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको हो ।

अब आइतबार (असोज १२ गतेदेखि) देखि काठमाडौं आउने १० चक्के सवारी साधनलाई नारायणगढमै रोकिने भएको हो । असोज १८ गतेसम्म यस्ता सवारीसाधनलाई रोकिने महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमदत्त ढकालले जानकारी दिए ।

ठुला सवारी साधनका कारण राजमार्गमा सवारी जाम बढ्दै गइरहेको छ । चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको वरिष्ठ उपरिक्षक ढकालले बताए ।

शुक्रबार रातिदेखि धादिङबाट काठमाडौं आउने ठुला सवारी साधन पनि रोकिने भएका छन् । राति ९ बजेपछि मात्रै ठुला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

दशैंलाई घर जाने यात्रुको चाप अत्यधिक भएसँगै ट्राफिक जाम बढेको छ । नौबिसे-नागढुंगा सडकखण्डको झण्डै ३५ किलोमिटर बढी जाम परेको थियो त्यहि जाममा परेर जनकपुरबाट काठमाण्डौ आएका ३५ वर्षका रुपलाल साहको ज्यान गएको थियो ।

रौतहट गरुणा नगरपालिका ८ का साह ना ७ ख ५३६४ नम्बरको बसमा चढेर उपचारका लागि काठमाडौँ आउंदै थिए। तर सडक जामका कारण उनी काठमाडौं आउन नपाउँदै ज्यान गुमाउन पुगेका हुन् ।

Logo