प्लाष्टिकको चामल र अण्डा हल्ला मात्रै- विभाग

प्लाष्टिकको चामल र अण्डा हल्ला मात्रै- विभाग

केन्द्रबिन्दु
0
Shares

सरकारले बजारमा प्लाष्टिकको चामल र अण्डा भेटिएको भनेर प्रकाशित समाचार भ्रामक भएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना जारी गर्दै त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

अण्डा, चामल र पिठोको परीक्षण गर्दा बजारमा हल्ला चलेजस्तो केही पनि मिसावट नभेटिएको भन्दै तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो । ‘यस विभाग र अन्तर्गतका खाद्य प्रयोगशालामा गरेको परिक्षणमा समेत त्यस्तो नपाइएकाले त्यस्ता तथ्यहीन भ्रामक हल्लाको पछि नलाग्न हुन् सम्बन्धित सबैमा जानकारी गराइन्छ-‘ विज्ञप्तिमा भनिएको छ ।

Logo