आयोगमा दर्ताका लागि पुगे २२ दल

आयोगमा दर्ताका लागि पुगे २२ दल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्।

प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुन लागेको हो।

भदौ १६ गतेदेखि मसान्तसम्ममा २२ वटा दलले दर्ताका लागि निवदेन दिएका थिए । २०७४ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका दलहरूले तीनवटै तहको उपनिर्वाचनमा भाग लिन भने दल दर्ता गराउन पर्दैन ।

२०७४ सालमा भएको निर्वाचनपछि गाभिएका वा एकीकरण भएका वा नयाँ दलले उपनिर्वाचनमा भाग लिन चाहेमा दल दर्ता गराउनुपर्ने हुन्छ।
नेपाल समाचारपत्रबाट

Logo