अमेरिकाले साउदी अरबमा सेना तैनाथ गर्दै

अमेरिकाले साउदी अरबमा सेना तैनाथ गर्दै


वासिङ्टन,

अमेरिकाले साउदी अरेबिया र यूनाइटेड अरब इमिरेट्समा थप सुरक्षाकर्मी र सैन्य उपकरण तैनाथ गर्ने बताएको छ । सुरक्षा चुनौती प्रतिरक्षाका लागि सेना पठाउने अमेरिकी रक्षा मन्त्रालयले जनाएको हो ।

साउदीमा आक्रमण भएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो पहिलो कदम हो । अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी र दुबइको आग्रहमा उनीहरुको हवाइ तथा मिसाइल सुरक्षा बलियो बनाउन सैनिक तैनाथ गर्न लागिएको बताएका छन् ।

साउदी र अमेरिकाले साउदी आक्रमण इरानले नै गरेको दावी गरेका छन् । तर औपचारिक रुपमा यमनको विद्रोही समूह हाउठीले हमलाको जिम्मा लिएको छ ।
एजेन्सी

Logo