विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको बरियताक्रममा नेपालले फड्को मारेको छ । नेपाल ५ स्थान माथि उक्लदै १६१ औ स्थानमा पुगेको हो ।
नेपालको कुल अंक ९९९ अंक रहेको छ । दक्षिण एसियाली देश मध्ये भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान नेपाल भन्दा तल छन् ।
बरियतामा भारत एक स्थान तल झर्दै १०४ औ स्थानमा रहेको छ । म्यानमार १० स्थाल तल झर्दै १४५ स्थानमा, अफगानिस्तान ३ स्थान माथि उक्लदै १४६ औ स्थानमा छ । त्यस्तै माल्दिभ्स १५३ औ स्थानमा छ ।
विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा कायम छ भने फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, र पोर्चुगल क्रमश दोस्रो, तेस्रो, चौथो र पाचौ स्थानमा छन् । युरुग्वे, स्पेन, क्रोएसिया, कोलम्बिया, र अर्जेन्टिना क्रमश छैठौ देखि १० औ वरियतामा रहेका छन् ।
प्रतिक्रिया