“मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो”- प्रधानमन्त्री

“मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो”- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीका लागि नयाँ सरकारी निवास बन्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भवन शिलान्यास गरेका हुन् । हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो । आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नया बन्ने भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउने बताए। भवन रंगरोगन गर्दागर्दै आफ्नो कार्यकाल सकिने बताउंदै प्रधानमन्त्री ओलीले भने, ‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो । छेउमा राष्ट्र बैंकको ठाङठाङ ठुङठुङ, यता आफ्नै भवनको ठाङठाङ सुन्नुपर्छ । अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ ।”

प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा रहने जनाइएको छ । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ भने अर्को खण्डमा भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरी सार्वजनिक कार्यक्रममा प्रयोग हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरवार परिसरमा बन्ने संसद भवन शिलान्यास गरेका थिए ।

Logo