घरबेटीलाई कुलमानको चेतावनी- ‘बिजुलीको पैसा बढी लिए कारवाही’ (भिडियोसहित)

घरबेटीलाई कुलमानको चेतावनी- ‘बिजुलीको पैसा बढी लिए कारवाही’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिने घरबेटीहरुलाई सचेत रहन आग्रह गरेका छन्  ।

मिटरमा उठेको बिल भन्दा बढी रकम लिने गरेको उजुरी प्राधिकरणमा आएको भन्दै घिसिङ्ले यस्तो प्रवृत्ति दोहोरिए कडाइका साथ कारवाही गरिने बताएका हुन्।

आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको तीन वर्ष पूरा भएको अवसर आयोजित कार्यक्रममा बोल्दै घिसिङले भने, ‘घरबेटीले प्रतियुनिट महसुल बढाइर व्यापार गर्न पाइँदैन् । भाडामा बस्ने व्यक्तिले पनि जति बिल आउँछ त्यति नै दिनुहोस्। उनले प्राधिकरणले प्रति युनिट १३ रुपैयाँ लिने भए पनि घरबेटीहरुले २० रुपैयाँ असुल गर्ने गरेको गुनासो आएको बताए।

Logo