पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्दै

पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो । बैठक सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्दैछ ।

तर , बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले नै गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत बैठकको अध्यक्षता गर्न लागेका हुन् । भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

मिर्गौलाको उपचार गर्न प्रधानमन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले  सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

Logo