कस्तो छ सिंगापुरमा प्रधानमन्त्रीलाई ?

कस्तो छ सिंगापुरमा प्रधानमन्त्रीलाई ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्न समेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उहाँको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले भने ।

प्रधानमन्त्रीको मृर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए । मृर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मृर्गौला बिस्तारै कमजोर भएको बताए । उनले भने, ‘ट्रान्सप्लान्ट गरिएको किड्नी बिस्तारै कमजोर भएपछि प्रधानमन्त्री ओलीलाई सिंगापुर लगिएको हो । त्यसपछि पहिलो चरणको उपचार सुरु भयो । पहिलो चरणमा भएको उपचारबाट प्रधानमन्त्रीमा के सुधार भयो ? कस्तो अवस्था छ ? यसबारे जान्न सिंगापुर जानु परेको हो ।’

वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुनः मृर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । उनले भने, ‘उहाँका मुटु, फोक्सो लगायतका अंग स्वस्थ छन् । उहाँको शरीरमा इन्फेक्सन पनि भएको छैन । तसर्थ, मृर्गौला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । सजिलै प्रत्यारोपण हुन सक्छ ।’ केही देशका विशिष्ट अस्पतालमा ७५ वर्षमा पनि शरीर स्वस्थ भए मृर्गौला प्रत्यारोपण सम्भव हुने मृर्गौला रोग विशेषज्ञले बताएका छन् । प्रधानमन्त्री ओलीको मृर्गौलाले विगतमा ६० प्रतिशत बढी काम गरे पनि अहिले ३० प्रतिशतले काम गर्दै आएको चिकित्सकको भनाइ छ ।
राजधानीबाट

Logo