चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु

चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर,
मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।

डीएसपी खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुवैजना एउटै खाटमा सुतेका थिए । शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले बताए । चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्‍कासी करेन्ट लागेको पाइएको उनले बताए ।

खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्‍कासी छट्पटाउन थालेपछि बुवाआमालाई बोलाएका थिए । चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ ।

करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ । शौजनको घाँटीमा डढेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
अन्नपूर्णबाट

Logo