सयभन्दा बढी विद्युतीय सवारी सञ्चालनमा

सयभन्दा बढी विद्युतीय सवारी सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रियसभा सदस्यहरुले वातावरणमैत्री सवारी तथा यातायात नीति र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विहीबार बसेको बैठकमा सांसदहरु डाक्टर बिमला राई पौड्याल, राम नारायण विडारी र काली बहादुर मल्लले संयुक्त रुपमा ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै ‘नेपाल सरकारबाट लागू गरिएको वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१ ’ र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

२०७५ कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारी सम्बन्धी काम गर्ने छुट्टै निकाय बनाउने गरि विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेका थिए । अहिलेसम्म सो कार्ययोजना कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरुले सर्वसाधारणलाई अनुभुति हुने गरि भएका काम कारवाहीको जानकारी पनि माग गरे ।

ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले विद्युतीय सवारी साधन दर्ता र सञ्चालन निर्देशिका अन्तिम चरणमा रहेको जानकारी गराए । उनले सय भन्दा बढी विद्युतीय सवारी साधन संचालन भइरहेको जानकारी गराउँदै राजधानी काठमाडौं भन्दा बाहिर मुलुकका विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने गरि सरकारले तयारी गरिरहेको बताए ।
नागरिकबाट

Logo