आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत जारी खेलमा कुवेतले नेपाललाई १४२ रनको चुनौती पेश गरेको छ ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको हो ।
बसन्त रेग्मी र सन्दीप लामिछानेले नेपालका लागि ३-३ विकेट लिए । करण केसीले २ विकेट लिए भने अविनाश बाेहाेराले १ विकेट लिए ।
कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विष्फोटक अविजित पारी खेले ।





























प्रतिक्रिया