तिनाउ नदीले खतरा तह पार गरेको छ। पानीको बहाव बढ्दो रहेकाले बुटवल भन्दा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुन सक्रिय रहने जनाएको छ। न्यून चापिय रेखा नेपालको दक्षिणतिर रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवायु युक्त हावा र स्थानीय वायुको प्रभावले पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना जनाइएको छ।
देशको पूर्वी र मध्य भूभागमा पूर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य वदली रही पूर्व र मध्यका अधिकांश स्थानका साथै पश्चिमका केही स्थानमा मेग गर्जनका साथ वर्षा हुने महाशाखाले जनाएको छ।
हाल रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपुर, परासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, चितवन, पर्सा, बारा, मकवानपुर, रौतहट, सिन्धुली र आसपासका स्थानमा वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउँन महाशाखाको आग्रह छ।
आगामी तीन दिनको बाढी तथा मौसम पूर्वानुमान थाहा पाउन यहाँ क्लिक गर्नुहोस।
































प्रतिक्रिया