काभ्रेमा ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ।
पाँचखाल नगरपालिका वडा नं ४ हेलम्बु राजमार्गमा दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका ४ बस्ने संजिब श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
मण्डनदेउपुरबाट पाँचखाल तर्फ आउदै गरेको बा ३ ख ९९९२ नम्बरको निसान मिनि ट्रकसंग मण्डनदेउपुर तर्फ जादै गरेको बा ४६ प १५३६ नम्बरको मोटरसाइकल एक आपसमा टोकिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका ११ सदिप थापा र पाँचखाल ४ अभिषेक खनालको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया