सरकारले १० वर्षपछि पहिलो पटक भिसा शुल्क वृद्धि गरेको छ । सरकारले साउन १ गतेदेखि लागू गरी पर्यटकका लागि भिसा शुल्क वृद्धि गरेको हो ।
पर्यटकले १५ दिनका लागि बहुप्रवेशी सुविधा सहितको भिसाका लागि २५ डलर तिर्दै आएकोमा ३० अमेरिकी डलर तिर्नु पर्नेछ । त्यस्तै ३० दिनका लागि ४० डलर रहेकोमा ५० अमेरिकी डलर लाग्ने छ। त्यस्तै गरि ९० दिनका लागि १२५ अमेरिकी डलर बुझाउनु पर्नेछ यो शुल्क यस अगाडि शुल्क १०० अमेरिकी डलर थियो ।
सार्क राष्ट्रका सदस्यका राहदानी बाहकलाई भने ३० दिनसम्मका लागि कुनै भिसा दस्तुर लाग्दैन् । त्यस्तै म्याद थप गर्नका लागि प्रतिदिन ३ अमेरिकी डलरका हिसाबले शुल्क लाग्नेछ । भिसा थप नगरी बसेका विदेशीको भिसा नियमति गर्नु परेमा बमोजिम लाग्ने दस्तुरमा ५ अमेरिकी डलर थप लाग्छ ।
पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भिसा शुल्क बढाउनु गलत भएको तर्क गर्दै आएको छ ।






























प्रतिक्रिया