जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटारमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । यो काठमाडौं उपत्यकाको २४ औं शाखा हो । जनता बैंकको शाखा समेत १४२ पुगेको छ ।
बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।





























प्रतिक्रिया