कुलेखानीमा २६ वर्ष यताकै धेरै पानी, केहीबेरमा बाँध खोलिंदै

कुलेखानीमा २६ वर्ष यताकै धेरै पानी, केहीबेरमा बाँध खोलिंदै

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको कुलेखानी तालमा वि.स. २०५० साल यताकै धेरै पानी जमेको छ। सोमबार बिहानसम्म पानीको सतह १५२६ मिटर पुगिसकेको र प्रतिघण्टा १ मिटरका दरले पानी बढीरहेको स्थानीय हिदम लामाले जानकारी दिए।

कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोल्ने निर्णय गरेलगतै अहिले त्यसको तयारी भैरहेको छ ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले पनि पानी खोल्ने तयारी भैरहेको हुँदा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन  आग्रह गरेका छन्।

मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

आइतबार राती थाहानगर र कुलेखानी क्षेत्रमा भारी बर्षा भएको थियो।  वर्षासंगै गएको पहिरोले गर्दा अहिले त्रिभुवन राजपथ र सिस्नेरी सडक खण्ड अबरुद्ध भएको छ।  यस क्षेत्रमा केही दिनदेखि बिजुली र फोन सम्पर्क समेत प्रभावित भएको छ।

Logo