बाढीले २५ फिट अग्लो दशगजाको बाँध फुट्यो, भारतमा ठूलो क्षति पुग्ने सम्भावना

बाढीले २५ फिट अग्लो दशगजाको बाँध फुट्यो, भारतमा ठूलो क्षति पुग्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

रौतहट,
भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएर बाढीको पानी रोक्न खोज्दा त्यहाँको बाँध फुटेको छ। भारतीय पक्षले लालबकैया र बागमती नदीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि रोकिएको पानीको बहावले बाँध फुटेको हो।

जिल्लाको राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रमा बाँधिएको बाँध पानीको बेगले आफै भत्किएको हो । बाँध फुटेसँगै लालबकैया र बागमती नदीको पानीले भारतमै ठूलो असर देखाउने अनुमान गरिएको छ।

यता भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएको बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) हरूले तत्काल मर्मत गरेका छन् । भारतीय पक्षले लालबकैया र बागमती नदीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गर्दै बाढीको पानी रोक्न खोज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएको हो ।

Logo