कोशीको वाढी खतराको तहभन्दा माथि, सतर्क रहन आग्रह

कोशीको वाढी खतराको तहभन्दा माथि, सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निरन्तरको वर्षाले देशभरका साना ठूला नदीहरुमा पानीको बहाव बढेसँगै सप्तकोशिको सतह पनि वढेको छ । पानीको सतह बढेपछि अहिले यहाँका ५६ वटा ढोका मध्ये ३३ वटा ढोका खोलीएको छ। अहिले यहाँ खतराको संकेत स्वरुप रातोझण्डा गाडिएको छ । सतर्क रहन आग्रह सबैलाई अनुरोध गरिएको छ ।

शनिबार बिहानको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ३३ क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । यो यस वर्षकै अत्याधिक हो मापन हो ।

सप्तकोशीमा पानीको सतह खतराभन्दा माथि गएपछि कोशी ब्यारेजका ३३ ओटा ढोका खुला गरिएको छ । पानीको बहाव बढ्ने क्रम निरन्तर भएकाले आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जानकारी दिएको छ ।

यहाँ अहिले पानीको बहाव बढेसँगै खतराको स्तर नाघेको बाढी मापन केन्द्रले जनाएको छ । केन्द्रले जारी गरेको सूचना अनुसार कमला नदी–धनुषा–तितरिया बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ।

वर्षा हुने क्रम जारी रहेकाले सतर्क रहन आग्रह गरिएको छ । सूचनामा उल्लेख छ, ‘धनुषा, सिराहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनुहुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानुहुन अनुरोध छ ।’

यस्तै, सप्तकोसी नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। अझै केहि दिन पानी पर्ने क्रम निरन्तर रहेकाले तत्काल पानीको बहाव कम हुने सम्भावना छैन ।

Logo