वीरगन्ज,
चार दिनदेखि लगातार परिरहेको वर्षाको कारण पर्साको सदरमुकाम वीरगन्ज र ग्रामीण भेगका दर्जनभन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।
निरन्तर परिरहेको वर्षाको पानीको सहज निकास नभएका कारण वीरगंज महानगरको रानीघाट, श्रीपुर, राधेमाइ, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवा लगायतका क्षेत्र डुबानमा परेका छन् ।
वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदि र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् ।
नदि र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ । जानकीटोलमा रहेको ओरिया नदीको पानीको सतह बढेर बाढी पस्दा दसौता गाउँ डुबानमा परेको छ। पर्साकै भिस्वा, मुडली, लङ्गडी, धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौल लगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया