काठमाडौं,
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट हाल सम्म १७ जनाको मृत्यु भएको छ ।
वाढीपहिरोकै कारण ७ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ । वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल प्रहरी टोली खटाई उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत तराईका दर्जनौं जिल्ला प्रभावित भएका छन् ।
अझै केहि दिन झरी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया