धनगढी,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असारमा आएर गरिने बिकास रोक्नुपर्ने बताएका छन् । प्रतिपक्षको अवरोधका कारण २२ दिनदेखि अवरुद्ध प्रदेश सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तीन चौमासिकसम्म चुप लागेर बस्ने चलन छ’, उनले भने,‘ अब यो सुधार्ने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।’ असारे विकासको सोचबाट बाहिर ननिस्केसम्म बिकासले गति नलिने उनले बताए । प्रदेशको बजेट खर्च गर्ने क्षमता बढाउन आवश्यक रहेको उनको भनाई थियो । ‘हाम्रो बानी जेठ र असारमा मात्रै बिकास गर्नुपर्छ भन्ने परिसक्यो, हामीले त्यो बानी फेर्नुपर्छ, अब चौमासिकको प्रगती होइन, हरेक महिनाको कार्ययोजना बनाएर जनतालाई प्रगती देखाउनुपर्छ’ मुख्यमन्त्री भट्टले भने ।
‘आगामी आर्थिक वर्षदेखि हरेक मन्त्रालय र कार्यालयको मासिक प्रगति तय गरिनेछ’, उनले भने, ‘ जनताले खोजेको परिणाम दिने बेला अझै भइ सकेको छैन । तर परिणाम देखाउने बाटो भने पहिल्याउन थालिएको छ । ’ प्रतिपक्षीदल कांग्रेस र राजपाले बजेटमा असन्तुष्टि जनाउदै असार १ गतेदेखि नै सदन चल्न दिएको थिएन ।
आगामी आर्थिक वर्षको बजेट कार्यकर्ता मुखी भएको, प्रदेश गौरवका योजना बनाउन नसकेको, पश्चिम सेती जस्ता गौरवका योजनाबारे सरकार मौन बसेको आरोप लगाउँदै प्रतिपक्षले अवरोध गर्दा २१ गते सम्म सात पटक संसद बैठक अवरुद्ध भएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया