काठमाडौं,
आजदेखि देशभर मौसम सक्रिय रहने भएको छ । असार तेस्रो साता बितिसक्दा पनि मनसुन सक्रिय नहुँदा अधिकांश खेतमा रोपाईं हुन सकेको छैन । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन प्रवेश गरिसकेको २ साता भएपनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहेको हुँदा विगत जसरी वर्षा हुन सकेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै शनिबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको थियो । सोहि अनुसार आजदेखि देशभरि नै वर्षाको सम्भावना पनि देखिएको विभाग बताउँछ ।
सोमबार देशैभरी आंशिकदेखि सामान्य बदली रही एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । यस्तै यहाँ ७१ मिलिमिटर वर्षा भएको पनि बताइएको छ ।





























प्रतिक्रिया