उच्च अदालत जनकपुरले जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई १२ वर्षको जेल सजाय सुनाएको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको कर्तव्य ज्यान मुद्दामा मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले उनलाई बुधवार १२ वर्षको सजाय सुनाएको हो । "/>

जनकपुरका महन्त बैकुण्ठ दासलाई १२ वर्ष जेल सजाय

जनकपुरका महन्त बैकुण्ठ दासलाई १२ वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत जनकपुरले जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई १२ वर्षको जेल सजाय सुनाएको छ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको कर्तव्य ज्यान मुद्दामा मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले उनलाई बुधवार १२ वर्षको सजाय सुनाएको हो ।

जनकपुरधाम वडा नम्बर ८ स्थित नीजि निवासबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११ गते गोली प्रहार गरी हत्या भएको थियो।

यसअघि जिल्ला अदालतले  शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएको थियो ।

हाल फरार रहेका महन्त दासबिरुद्ध उच्च अदालत जनकपुरले यस अघि पनि किर्ते जालजासी मुद्दामा  पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको थियो ।

Logo