रेश्माले जितिन् ‘पिपल्स च्वाइस अवार्ड’, सन्दीपको भोट सबैभन्दा थोरै

रेश्माले जितिन् ‘पिपल्स च्वाइस अवार्ड’, सन्दीपको भोट सबैभन्दा थोरै

केन्द्रबिन्दु
0
Shares

एनएसजेएफ पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीले जितेकी छिन् ।

एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिएको हो ।

उनले समग्रमा ३२.९२ प्रतिशत मत ल्याउन सफल भइन् भने सबैभन्दा थोरै मत क्रिकेटर सन्दीप लामिछानेले ल्याएका छन्।  लामिछानेले जम्मा ८.४१ प्रतिशत मत प्राप्त गरेका हुन् । शारीरिक सुगठनका महेश्वर मर्हजनले १५ प्रतिशत मत प्राप्त गर्दा ब्याडमिन्टनका प्रिन्स दाहालले १३.५४५ प्रतिशत प्राप्त गरे । फुटबलकी सावित्राले २९.५३५ प्रतिशत भोट हात पारिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई अवार्डसहित पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिएको छ ।

Logo