काठमाण्डौको प्रर्दशनीमार्ग स्थिति बाल्मीकि विद्यापीठ कलेज प्रशासन र अध्ययनरत विद्यार्थीले कलेज अगाडि थुपारिएको फोहोर उठाउन माग गर्दै प्रर्दशन गरेका छन् ।
काठमाण्डौ महानगरपालिकालाई फोहर उठाउनका लागि पटक पटक गरेको आग्रह सुनुवाई नभएपछि विद्यार्थी महानगरको विरोधमा उत्रिएका हुन् । आईतबार विद्यार्थी तथा कलेज प्रशासनले शहर सफा राख्न , कलेजको अगाडिको फोहर हटाउन मा गर्दै कलेज अगाडि विरोध गरेका हुन् । कलेजको गेटमा नै थुपारिएको फोहरले र्दुगन्ध फैलिंदा पठन पाठन नै प्रभावित भएकाले आफुहरु बाध्यभएर विरोध प्रर्दशनमा उत्रनु परेको क्याम्पस प्रमुख गणेश प्रसाद घिमिरेले बताए । फोहर उठाउनका लागि महानगरसंग कयौ पटक अनुरोध गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
महानगरले प्रर्दशनी मार्ग वरपरको संकलित फोहर बाल्मीकि क्याम्पस अगाडि संकलन गरेर पुन उठाउने गर्दछ । सो स्थानमा थुपारिएको फोहरलाई बिहान ८ बजे अगावै उठाउन माग गर्दे आएपनि महानगरले सनुवाई नगरेको कलेज प्रशासन र स्थानीयवासीको दाबी छ ।





























प्रतिक्रिया