नुवाकोटको ओखरपौवास्थित सिसडोलमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही प्रहरी अधिकारीसहित दर्जनौ स्थानीय घाइते भएका छन्।
आफूहरुको माग पुरा नगरेको भन्दै आन्दोलनमा रहेका स्थानीयलाई प्रहरीले हटाउन खोजेपछि झडप भएको हो। स्थानीयको अबरोधका कारण एक सातादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन।
काठमाडौं र नुवाकोटबाट पुगेका प्रहरी तथा सशस्त्र प्रहरी र स्थानीयवासीबीच झण्डै डेढ घण्टा तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। झडपपछि पक्राउ परेको केहीलाई प्रहरीले नुवाकोट लगेको छ भने केहीलाई काठमाडौं ल्याएको छ ।
सिसडोलमा फोहर फ्याल्न थालेपछि १२ जना स्थानीयवासीको अनाहकमा मृत्यु भएको दावी गर्दै आएको समितिले आफुहरुको न्यूनतम मागमा पनि सरकारले ध्यान नदिएको आरोप लगाउदै आएको छ । उनीहरुले सिसडोलवासी नागरिकको जीवन वीमा गरिनु पर्ने , पशुचौपायाहरुको पनि वीमा गरिनु पर्ने र बालीनालीको पनि वीमा गरिनु पर्ने माग गर्दै आएको छ ।
स्थानीयको आन्दोलनका कारण काठमाडौँको चोक चोकमा फोहोर थुप्रिन थालेका छन्।





























प्रतिक्रिया