भक्तपुर । मध्यपुर थिमीलाई खुला म्युजियमको रुपमा विकास गरिने भएको छ।
पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘मध्यपुर थिमी नगरपालिकाको सांस्कृतिक गुरु योजना निर्माण र कार्यान्वयनमा सञ्चारकर्मीको भूमीका’ विषयक अन्तरक्रिया कार्यक्रममा मध्यपुर थिमीका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरलाई खुला म्युजियमको रुपमा विकास गर्न गुरु योजनाको तयारी अन्तिम चरणमा पुगेको बताए । मेयर श्रेष्ठले आफ्नै संयोजकत्वमा बनेको गुरु योजना तर्जुमा मुल समितिले काम पुरा गर्न लगाएको बताउँदै गुरु योजना फाइनल भएपछि द्रुतगतिमा काम अघि बढ्ने बताए ।
कार्यक्रममा गुरु योजना तर्जुमा मुल समितिका सदस्य नविन प्रकाश श्रेष्ठले गुरु योजनाको ड्राफ्ट प्रस्तुत गरेका थिए । गुरु योजनाको कामलाई गति दिएपछि सांस्कृतिक नगरी बनाउने सवालमा काठमाडौं र ललितपुरभन्दा मध्यपुर थिमी एक कदम अघि देखिने कार्यक्रममा सहभागीहरुले बताए ।
पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पत्रकार महासंघका केन्द्रीय कार्यबहाक अध्यक्ष बिपुल पोखरेलले मन्तब्य राखेका थिए । कार्यक्रममा पत्रकारहरुको तर्फवाट केन्द्रबिन्दु डट कमका सम्पादक दिवस गुरागाईंले मन्तब्य राखेका थिए । चर्चित सम्पदा विज्ञ रवीन्द्र पुरीले समेत मन्तब्य राखेको उक्त कार्यक्रममा विषयमाथि बिभिन्न सरोकारवालाहरु बीच बहस भएको थियो ।

गत चैत्र ३ गते प्रदेश तीनका प्रमुख अनुराधा कोइरालाले ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरे यता प्रदेश सरकारको सहयोगमा नगरपालिकाले गुरुयोजना निर्माणको काम थालेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएपी) शान्तिराजकोईराला,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, संस्थापक अध्यक्ष रमेश खड्का, सहसचिब सुन्दर शिल्पकार, कार्यसमिति सदस्य हेमराज ढकाल, जयराम बास्तोला, शंखधर शाख्वा प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, पत्रकार पेशल आचार्य, हरिबहादुर श्रेष्ठ, पबित्र गुरागाईं, हेमन्तकिशोर कट्टेल लगायतले प्रचारप्रसार र संरक्षणको अभावमा रहेका सम्पदालाई उजागर गर्न संचारकर्मीको भुमिका महत्पपुर्ण रहेकोमा जोड दिनुभयो ।





























प्रतिक्रिया