झुटो परिचय दिएर ४८ लाखभन्दा बढी ठगी

झुटो परिचय दिएर ४८ लाखभन्दा बढी ठगी

केन्द्रबिन्दु
0
Shares

आफ्नो झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक व्यक्ति महोत्तरीबाट पक्राउ परेका छन्। आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटीको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो।

लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा हुन्। हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ।लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

लम्साललाई बुधबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo