काभ्रे,
धुलिखेल नगरपालिका वडा नम्वर ४ अरनिको राजमार्गसँगै रहेको काठमाडौ विश्वविद्यालय मार्ग सडकको ३ आना जग्गा विक्री प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काभ्रेले धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारीको इजलासले पक्राउ परेका धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका लोकेन्द्र तोलाङ्गेलाई विगो अनुसारको २२ लाख ५० हजार धरौटी माग गरेको छ । त्यस्तै उनकै श्रीमती सोनु तोलाङ्गलाई एक लाख रुपैया धरौटी माग गरेको छ भने जग्गा विक्री गर्ने भक्तपुर घर भएकी मिला भैललाई १२ लाख रुपैया धरौटी माग गरेको छ । अर्का एक महाभारत गाउँपालिका ४ का ज्ञानबहादुर मोक्तान फरार छन् ।
फौजदारी संहिताको दफा २४९ को १ र २ को कसुर ३ को (ग) मा ठगी अयिभोगमा मुद्दा चलाईएका ब्यक्ति दोषि ठहर भएमा ७ वर्ष सम्म कैद र ७० हजार जरिवाना तोक्न सक्ने ब्यवस्था उल्लेख गरिएको छ । सोहि कानुनको दफा २५४ मा विगो अनुसार असुलको गर्न प्रहरीले माग दावी पेश गर्न सक्ने ब्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ परेकाहरुलाई सोहि दफा अनुसार सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । सामान्यतया फौजदारी संहितामा ३ वर्ष भन्दा माथी कैद सजायँ तोकिएका मुद्दाहरुको हकमा पक्राउ परेका ब्यक्तिलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गरिनेछ । फौजदारी संहितामा ३ वर्ष भन्दा कम सजायँ तोकिएको अभियोगमा पक्राउ परेका ब्यक्तिहरुलाई मात्रैै धरौटीमा छाड्न सकिनेछ । न्यायाधीश अधिकारीले यस अघि बाल यौन दुरुपयोग अभियोगमा पक्राउ परेका शिक्षकलाई धरौटीमा छाड्ने आदेश दिएका थिए भने ठगी मुद्दामा समेत धरौटीमा छाड्ने आदेश दिएका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया