सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
दुई संस्थाबीच जीवनबीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्र अनुसार अब सांग्रिला बैंकका ग्राहकहरुले प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।





























प्रतिक्रिया