काठमाडौं,
सत्तारुढ दल नेकपाको पार्टी कार्यदिशा के हो ? एकथरी नेतालाई सोध्दा जवाफ आउँछ, ‘समाजवाद उन्मुख जनताको जनवाद’। अर्कोथरी नेता भन्छन्, ‘जनताको बहुदलीय जनवाद ।’ पार्टी एकताको एक वर्षसम्म दस्ताबेजदेखि कार्यदिशासम्ममा ‘चुपचाप’ बसेर संगठनात्मक एकतामा ‘माथापच्ची’ गरिरहेका नेता अहिले ‘कार्यदिशा’ मा मतभेद पोख्न थालेका छन् ।
कार्यदिशा विवादकै कारण पछिल्लो पटक पार्टीका ‘जोर पाइलट’ अध्यक्ष केपी ओली र पुष्पकमल दाहालकै बीचमा अविश्वास सिर्जना भएको छ । अध्यक्ष ओली पक्ष तत्कालीन एमालेले अवलम्बन गर्दै आइरहेको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टी कार्यदिशा बनाउनुपर्ने पक्षमा लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा तय गरिएको संक्रमणकालीन कार्यदिशा ‘जनताको जनवाद’को पक्षमा ।
१३ महिनासम्म अन्तरिम राजनीतिक दस्ताबेज छापेर कार्यकर्ताबीच पुर्याउन नसकेपछि नेकपाभित्र कार्यदिशाको विवाद सतहमा आएको हो । ओली निकट मानिएका सचिवालय सदस्य उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकीकृत पार्टी वैचारिक रूपमा अस्पष्ट रहेको भन्दै जनताको बहुदलीय जनवादको पक्षमा सार्वजनिक मञ्चमै खरो उत्रन थालेपछि नेकपाभित्र राजनीतिक ध्रुवीकरण सुरु भएको थियो ।
पोखरेलले युवा संघको स्थापना दिवसका दिन जेठ १ मा सार्वजनिक कार्यक्रमबाटै अध्यक्ष दाहालकै उपस्थितिमा कार्यदिशाको बहस झिकेका थिए । पोखरेलले सुरु गरेको बहसलाई सुरुमा नेकपा नेताहरूले पार्टीभित्र खासै चासो र महत्त्व दिएनन् । तर गत बुधबार ओली–दाहालको ‘वान अन वान’ छलफलमा जब ओलीले ‘जबज (जनताको बहुदलीय जनवाद) मा जाऔं, प्रतिवेदन छापौं भनेपछि दाहाल ओलीसँग झस्किएका हुन् ।
संगठनात्मक रूपमा तत्कालीन एमाले खेमाभित्रै वरिष्ठ नेता माधव नेपालको चुनौती थेग्न सकस परिरहेका बेला दाहालले समेत प्रतिवेदन छाप्न ‘दबाब’ बढाएपछि ओली पनि दाहालसँग संशकित बनेको ओलीनिकट नेताले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया