निर्मला काण्ड: विशाल चौधरीले दिए प्रहरीविरुद्ध उजुरी

निर्मला काण्ड: विशाल चौधरीले दिए प्रहरीविरुद्ध उजुरी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा पक्राउ परेका विशाल चौधरीले प्रहरीविरुद्ध उजुरी दिएका छन्।

१६ दिनसम्म प्रहरी नियन्त्रणमा बसेका चौधरीले हिरासतमा हुँदा आफूलाई यातना दिएको भन्दै न्यायका लागि उजुरी दर्ता गराएका हुन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उनको लिन मानेको थिएन । तर, आज भने सरकारी वकिलमार्फत उनले उजुरी दर्ता गराएका छन्।

उनले कञ्चनपुरका तत्कालिन डिएसपी कृष्ण ओझा र सालघारीका असई रामसिंह धामीविरुद्ध उजुरी दिएका छन् । उनले यातना दिएर अपराध स्वीकार गर्न लगाएको दाबी गरेका छन्।

चौधरीसँगै प्रदीप रावल पनि पक्राउ परेका थिए। दुबैलाई काठमाडौँ ल्याएर आइजिपी सर्वेन्द्र खनालकै उपस्थितिमा बयान लिइएको थियो।  चौधरी २०७५ पुस ६ गते छुटेका थिए।

गत साउन १० मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

Skip This
Skip This
Logo