बझाङ,
जीप दुर्घटनामा सोमबार मृत्यु भएका दश जनाको सेती नदीमा सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट शवयात्रा सुरु भएको थियो ।
मृतकका आफन्त, शुभचिन्तक, स्थानीय, जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी लगायत ठूलो संख्यामा सहभागी थिए । सामूहिक अन्त्येष्टि स्थलमा सबै भावुक देखिन्थे । दुर्घटनामा सन्देश खड्काका परिवारका ४ जनाको मृत्यु भएको थियो ।
बुवा कलक खड्का, आमा जुनधाराको पार्थिव शरिरमा उनले दागबत्ती दिएका थिए । भाइ सरोज र बहिनी विपना खड्काको शव सेती बगरमै गाडिएको छ । कोटदेबलका सात र रनाडाका दुईको धौलाबगर मसानघाटमा चालकको कपडे मसानघाटमा अन्त्येष्टि गरिएको हो।
सेती बगरमा गाउँका ९ जनाको शव जलिरहँदा सबैका आँखा रसाएका देखिन्थे । ‘अब यस्तो घटना कहिले नहोस् । सरकारले ध्यान दिनुपर्छ’, अन्त्येष्टिमा सहभागी कोटदेबलका फोन बहादुर खड्काले भने,‘ दुर्घटना न्यूनिकरण गर्न सबै सचेत हुनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले घटना नदोहोरिन दिन प्रशासनले पहल गर्ने बताए । उनले ग्रामिण क्षेत्रका जिर्ण सडकको सुधार नभएसम्म जीप सञ्चालनमा रोक लगाइने प्रष्ट पारे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया