काठमाडौं,
राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्ष राजस्व छली गर्ने ३ सय ३८ करदाताबिरुद्ध मुद्दा दायर गरेको छ । राजस्व छलीको अनुसन्धानका आधारमा कर छली गरेको १८ अर्ब ३२ रुपैयाँ माग दाबीसहित विभागले कर दाताबिरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
कर छलीका ८१ वटा कसुरमा अनुसन्धान गरी अभियुक्तलाई मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । विभागले भन्सार छलेर ल्याइएको ६६.४ किलो सुनसमेत बराबद छ । राजस्व छलीको अनुसन्धान प्रभावकारीरूपमा सञ्चालन गर्दा चालु आर्थिक वर्षको ११ महिनामा राजस्व चुहावट नियन्त्रण भएको छ ।
महानिर्देशक मैनालीका अनुसार ६ सय कम्पनीले ७ अर्ब बराबरको नक्कली बिलबिजक प्रयोग गरेका छन् । त्यसबाट ४ अर्ब राजस्व छली भएको अनुमान छ । नक्कली बिल प्रयोग गर्ने ७ सयवटा कम्पनीमध्ये ५६ वटामाथि अनुसन्धान सुरु भएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया