सलमान खानको जस्तै ‘बडी’ भएका १० नेपाली हिरो (भिडियो रिपोर्ट)

सलमान खानको जस्तै ‘बडी’ भएका १० नेपाली हिरो (भिडियो रिपोर्ट)


फिटनेस भन्ने बित्तिकै सबैको मानसपटलमा बलिउडका दबंग नायक सलमान खानको नाम अग्रपंक्तिमा आउँछ । यसको कारण हो, फिटनेसप्रति उनको समर्पण र लगन । त्यसैले ५० बर्ष नाघिसक्दा पनि सलमान खानको बडी एकदमै फिट छ । उनी मात्रै होइन बलिउडमा सबैजसो हिरोहरु उत्तिकै फिट छन् ।

बलिउडका अभिनेताहरुमा फिटनेस ‘एडिक्सन’ नै छ । तर यस्तो ‘ट्रेन्ड’ बलिउडमा मात्र सीमित छैन । यसको लहर नेपालमा पनि भित्रिसकेको छ । नेपाली चलचित्र उद्योगमा महानायक राजेश हमालबाट फिल्ममा बडी देखाउने चलनको सुरुवात भएको मानिन्छ ।

उनी फिटनेसप्रति निकै सजग छन् । ‘सिक्स प्याक’ बडी बनाउनको लागि मेहनत, लगनशिलता, समर्पण र धैर्यतासँगै अर्को महत्वपुर्ण कुरा अनुशासन हुनु जरुरी हुन्छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट ।

Logo