कोपा अमेरिका: उरुग्वेको फराकिलो जित, पाराग्वे र कतार बराबर

कोपा अमेरिका: उरुग्वेको फराकिलो जित, पाराग्वे र कतार बराबर

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका कप फुटबलमा सोमबार बिहान भएको खेलमा उरुग्वेले फराकिलो जित दर्ता गराएको  छ ।

समूह सी अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० को गाल अन्तरले पराजित गर्दै प्रतियोगितामा शुखद् शुरुवात गरेको हो ।

खेलको छैटौँ मिनेटमा लोडीरोको गोलमा उरुग्वेले अग्रता बनाएको थियो । त्यसपछि ३३ औं मिनेटमा काभानीले अन्तर दुई शून्यमा पुर्‍याए । ४४ औं मिनेटमा लुइस स्वारेजको गोलमा उरुग्वे पहिलो हाफमा तीन शून्यले अगाडि रह्यो ।

दोस्रो हाफमा भने उरुग्वेले अरु मौका पाए पनि गोल गर्न सकेन । ७८ औं मिनेटमा इक्वेडरका मिनाले आत्मघाती गोल गरेपछि उरुग्वे चार शून्यले विजयी भयो ।

त्यस्तै अर्को खेलमा पाराग्वे र कतारले बराबरी खेलेका छन् । उनीहरुले २–२ गोलको बराबरी खेले ।

Skip This
Skip This
Logo