अब बुवाआमाको खातामा आम्दानीमध्ये १० प्रतिशत जम्मा गर्नु पर्ने

अब बुवाआमाको खातामा आम्दानीमध्ये १० प्रतिशत जम्मा गर्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम बुवाआमाको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ ।

सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिक सम्बन्धी विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको सो रकम बुवाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो ।सन्तानले अभिभावकलाई अपहेलना गरेको पाइएपछि कानुनी रुपमै उनीहरुको संरक्षणका लागि सन्तानको पारिश्रमिक बुवाआमाको खातामा जम्मा गरिदिनु पर्ने कानुनी व्यवस्था गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिइन् ।

ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको १४ औं विश्व चेतना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरोकारवाला निकायसँग छलफल गरी यस्तो व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo