लण्डन,
प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको भ्रमण सकेर आइतबार बिहान नेपाल पुग्नेछन् । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण भएकाले यो भ्रमणलाई चासोका साथ हेरिएको थियो । विशेषतः बेलायत–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा यो भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको थियो । तर, ओलीको यो भ्रमण परिणाममुखी भन्दा पनि बढी प्रचारमुखी भएको जानकारहरु बताउँछन् ।
प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमबार लण्डन आइपुगेका थिए भने बेलायत सरकारको हेलीकप्टर प्रयोग गरेर लण्डनदेखि अक्सफोर्ड पुगेका थिए । रोचक त के रह्यो भने ओली लण्डन आउनु भन्दा अघि वेलायत सरकारले उनको भ्रमणको बारेमा कुनै सार्वजानिक जानकारी दिएको थिएन ।
लण्डन पुगेकै दिन ओलीले विश्वविख्यात अक्स्फोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरे । सम्बोधनका क्रममा उनले सरकारको नेतृत्व परिवर्तनका सम्बन्धमा मुख खोल्न भ्याए । सत्तारुढ दलका सह–अध्यक्ष प्रचण्डले आलोपालोमा जोड दिइ रहंदा सत्ता नछाड्ने संकेत गर्दै उनले पार्टी एकीकरणको समयमा भएको सहमति पार्टीको निर्णय अनुसार हुने बताए ।
प्रधानमन्त्री ओली लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय पुग्दा समकक्षी थेरेसा मेले अन्य राष्ट्रका प्रमुखहरुलाई जस्तै ओलीलाई स्वागत गरेकी थिइन् । १० डाउनीङस्ट्रीट आगाडि नेपाली र अन्तर्राष्ट्रिय मिडियाको बाक्लो उपस्थितीका बीच एकले अर्कालाई नमस्कार साटासाट गरेको दृष्य निकै रोचक थियो। करिब आधा घण्टा चलेको बैठकमा नेपाली पक्षले कुनै लिखित प्रस्ताव भने प्रस्तुत गरेन । काम चलाउ अवस्थामा रहेको थेरेसा मे नेतृत्वको सरकारले समेत दुई मुलुक बीचको सम्वन्धमा कुनै लिखित वा मौखिक प्रस्ताव तयार नगरेको बताइएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीको भनाईमा नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी मेसँग प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए । तर परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका सेक्रेटरी अफ स्टेट फर फरेन एण्ड कमनवेल्थ अफेयर्स मन्त्री जेरेमी हन्टद्वारा बिहीवार जारी संयुक्त विज्ञप्तिमा भने सो सन्धि पुनरावलोकन बारेमा भएको भनिएको कुराकानीबारे केही उल्लेख गरिएको छैन ।
नागरिकबाट





























प्रतिक्रिया