राजधानीको भद्रकालीमा शनिबार दिउँसो अनौठो दृश्य देखियो। भद्रकाली नजिकै मुख्य सडकमा रगतको खोलो बगेपछि त्यहा रहेका स्थानीयहरु भागाभाग गर्न थाले। कतिपय भने नाक थुन्दै वास्तविकता बुझ्न थाले।
त्यहा कुनै पशुपक्षीको बली अथवा कुनै अप्रिय घटना केही भएको थिएन।
यो रगत आन्दोलनकारीले प्रहरीको आँखा छलेर सडकमा फालेका हुन् । राष्ट्रिय स्वंयमसेवक दलका कार्यकर्ताले ग्यालिनमा ल्याएको रगत सडकमा फ्यालेका हुन्। उनीहरुले हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गरेका थिए।
शान्तिबाटिकाबाट निस्केको जुलुस भद्रकाली पुगेपछि रोकिएर सडकमा रगत फालेका थिए । त्यहा ८ ग्यालेन रगत फालिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनीहरुले बधशालाबाट राँगाको रगत ल्याएर खन्याएको उनले बताए ।





























प्रतिक्रिया