गुठी विधेयकको बिरोधमा आज काठमाडौँमा बिशाल प्रदर्शन भएको छ ।
ज्यापु महागुठी नेपा: को संयोजनमा विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले प्रदर्शन गरेका हुन्। काठमाडौंको बसन्तपुरबाट प्रदर्शन शुरु भएको न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले सरकारले धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।यसैबीच ‘गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो ।
गुठी बिधेयक जग्गासंग मात्रै केन्द्रित भएको र संस्कृतिलाई बेवास्ता गरिएको संघर्ष समितिका संयोजक सत्यनारायण डंगोलले बताए । यसैबीच बिभिन्न सनातन धार्मिक संघ सस्था र गुठीयारहरुले आगामी असार ४ गते बिशाल प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।






























प्रतिक्रिया