पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४६ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्‍यो। "/>

सुन तस्करीको जालो : ४६ महिनामा ४ सय ८३ पक्राउ

सुन तस्करीको जालो : ४६ महिनामा ४ सय ८३ पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४६ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्‍यो। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिन लागेको ४ सय २६ किलो १८ ग्राम अवैध  सुन बरामद गर्‍यो ।

आर्थिक वर्ष २०७२/२०७३ मा ६८ किलो ५ सय ६ ग्राम, २०७३/०७४ मा ९१ किलो ३ सय ८४ ग्राम, २०७४/७५ मा १ सय ७९ किलो २ सय ४७ ग्राम र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ८६ किलो ८ सय ५२ ग्राम अवैध सुन प्रहरीले विभिन्न समयमा बरामद गरेको हो। त्यस्तै आर्थिक वर्ष २०७२/२०७३ मा १ सय ६, २०७३/०७४ मा ८३, २०७४/७५ मा ९० र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वदेशी तथा विदेशी सुन तस्करहरुलाई पक्राउ गरे पश्चात गरिएको अनुसन्धानमा भारत लग्ने उद्देश्यले सुन तस्करी भइरहेको खुलेको छ। अन्तर्राष्ट्रिय सुन तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर चीन हुँदै भारततर्फ सुन तस्करी गर्ने गरेको फेला परेको छ। स्विट्जरल्याण्ड र अफ्रिकाबाट सिधै चीन आउने सुन अहिले रुस र नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर अन्तर्राष्ट्रिय बजारमा तस्करी हुने गरेको फेला परेको हो ।

नागरिकबाट

Logo