प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि हात पारेको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेकाे आर्मी ३३ ओभर तीन बलमा १ सय २५ रनमा अलआउट भयाे । उसका लागि राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाए। त्यस्तै रोहित पौडेल १८ र भिम सार्की २० रनमा पेभेलियन फर्किए ।
पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे । जवाफमा पुलिसले ४० ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
उपाधि सहित पुलिसले नगद रु २० लाख हात पारेको छ । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाएको छ ।
पराजित भएपछि त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले राम्रो सुरुवात पाएपनि विचका खेलाडीले राम्रो नखेल्दा कमजोर बनेको बताए ।





























प्रतिक्रिया