१३ किलो चाँदीसहित एक जना पक्राउ

१३ किलो चाँदीसहित एक जना पक्राउ


जनकपुरधाम,

जनकपुरधामबाट झण्डै १३ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । धनुषाको जनकपुरधाम उप–महानगरपालिका २३ बिन्धी एरियाबाट सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १२.७ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ४ पिगौना बस्ने ३४ वर्षीया बालबोधप्रसाद साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुशीलप्रसाद पराजुलीले जानकारी दिए । नेपालबाट अवैद्य रुपमा भारततर्फ चोरी पैठारी गरी लग्दै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका साहको साथबाट १२.७ केजी चाँदी बुनिया, ज ३ प ६२८९ नम्बरको बजाज डिस्कभर मोटरसाइकल, नेपाली तथा भारु नोट गरी नगद ३ हजार ५ सय ३० नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक पराजुलीले जानकारी दिए । बरामद भएको चाँदीको मुल्य ८ लाख ४९ हजार ३ सय ५ पर्छ ।
अन्नपूर्णबाट

Logo