बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले श्रीमती र छोरीलाई र्याली तथा आमसभामा ल्याउन हेलिकप्टर चार्टर्ड गरेका छन् ।
यही जेठ २१ गते जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्याली तथा आमसभामा सहभागी गराउन उनले श्रीमती छेला नेपाली र छोरी कर्मालाई हेलिकप्टरमा पोखराबाट बुर्तीबाङ ल्याएका हुन् । हेलिकप्टर मेयर नेपालीकै घरको छतमा ल्याण्ड गरिएको थियो । ८ तले घरको छतमा मेयर नेपालीले हेलीप्याड नै निर्माण गरेका छन् ।
आमसभामा बोल्दै मेयर नेपालीले ढोरपाटन नगरपालिकामा जत्तिको सुशासन देशको कुनै नगरपालिकामा नरहेको उनको जिकिर गरे । सम्बोधनका क्रममा उनले नगरपालिकामा खरको छानो र छुवाछुत हटाएरै छाड्ने संकल्प गरे ।
सरकारबाट तलब भत्ता समेत नलिने घोषणा गरेका मेयर नेपालीले भ्रष्टाचार गरेको प्रमाण कसैले देखाए झुण्डिएर मर्न तयार रहेको बताएका थिए ।





























प्रतिक्रिया