काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु बेपत्ता भएका छन् । उपचारका लागि काठमाडौं आएका बेला ७० वर्षीय शिवप्रसाद ढकाल बल्खुस्थित निवासबाटै बेपत्ता भएका हुन् ।
१५ जेठदेखि उनी हराएको भन्दै ढकाल परिवारले उजुरी दिएपछि यतिबेला प्रहरी उनको खोजीमा लागेको छ । अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ ।
उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले बताएको छ । त्यस्तै मन्त्रीका दाजु हराएको दुई दिनपछि एमबीबीएस अध्ययन गर्ने विद्यार्थी पनि हराएका छन् । काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययरत अर्घाखाँचीका शिशिर खनाल बेपत्ता भएका हुन् ।
निवेदनको आधारमा प्रहरी टोलीले कीर्तिपुर क्षेत्र लक्षित गरी विशेष खोजी गरिरहेको छ । शिवप्रसाद बल्खु हाइटस्थित घरबाट सम्पर्कबिहीन भएका थिए । शिशिर २०७६ जेठ १७ बाट सम्पर्क बिहीन हुन् । उनको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा ‘सर्च’ अप्रेसन गरेको हो।































प्रतिक्रिया